२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

सागमा पदक जित्ने खेलाडीलाई बालुवाटामा भेट्दै प्रधानमन्त्री ओली, विशेष प्याकेजको घोषणा हुँदै

२५ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने खेलाडीलाई आज सम्बोधन गर्दै कार्यक्रम रहेकाे छ । प्रधानमन्त्री ओलीले दिउँसो सवा २ बजे पदक जित्ने खेलाडीलाई बधाई दिन तथा सम्बोधनका लागि बालुवाटार आमन्त्रण गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ । राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीको सम्मानमा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो ।

फाइल फाेटाे

प्रधानमन्त्री ओलीले बुधबार नै खेलाडीलाई प्रोत्साहन प्याकेजको घोषणा गर्नुहुनेछ । १३ औं सागमा नेपालले ५१ स्वर्ण जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ । प्रधानमन्त्री ओलीले हिजो साग समापन समारोहलाई भिडियो सन्देशमार्फत् सम्बोधन गर्दै सबैलाई धन्यवाद समेत दिनुभएको थियो ।

प्रकाशित मिति : December 11, 2019 at 10:50 am