पूर्वप्रधानमन्त्री खनालले दिए सागमा ऐतिहासिक नतिजा ल्याउने खेलाडीलाई बधाई
२४ मंसिर, काठमाडाैँ । तेह्रौं सागकाे समापनपछि पूर्वप्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता झलनाथ खनालले खेलाडीहरु तथा संघसंस्थाहरुलाई धन्यवाद दिएका छन् । पूर्वप्रधानमन्त्री खनालले सामाजिक सञ्जाल फेसबुक मार्फत उत्कृष्ट ऐतिहासिक नतिजा ल्याएर नेपाल र नेपालीको शिर उच्च राख्नने सम्पूर्ण खेलाडीहरु, प्रशिक्षकहरु र खेलकुद सम्बद्ध संघ संस्था संगठन एवं पदाधिकारीहरूलाई बधाई दिएका हुन् ।

पूर्वप्रधानमन्त्री खनालले फेसबुकमा लेखेका छन्, ‘यही मंसिर १५ गतेबाट सुरु भएको तेह्रौं दक्षिण एसियाली खेलकूद (साग) मा नेपालको तर्फबाट उत्कृष्ट ऐतिहासिक नतिजा ल्याएर नेपाल र नेपालीको शिर उच्च राख्न को लागि तपाइं सम्पूर्ण खेलाडीहरु, प्रशिक्षकहरु र खेलकुद सम्बद्ध संघ संस्था संगठन एवम् पदाधिकारीहरूलाई हार्दिक बधाई दिन चाहन्छु। कार्यक्रम भव्य र सभ्य रुपले सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाल सरकारलाई पनि धन्यवाद दिन चाहन्छु।’

प्रकाशित मिति : December 10, 2019 at 8:26 pm










