२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

सागको टिकट लिन जानेलाई प्रहरीको दुर्व्यवहार, भिडियाे खिचेकाे भन्दै पत्रकारमाथि कुटपिट

२४ मंसिर, काठमाडाैँ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तनाव भएको छ । मंगलवार दिउँसो ३ बजे हुने नेपाल र बंगलादेशबीचको पुरुष फूटबल फाइनल हुँदैछ । फाइनल हेर्न टिकट नपाएको भन्दै दर्शकले होहल्ला गरिरहेका छन् । भीड नियन्त्रण गर्न प्रहरीले लाठीसमेत चार्ज गरेको छ । प्रहरीको लाठीबाट पत्रकार सुमन चापागाईं घाइते भएका छन् ।

रङ्गशाला अगाडि प्रहरीले कुटपिट गरेको दृष्य क्यामेरामा कैद गर्न खोज्ने पत्रकार सुमन चापागाइँमाथि प्रहरीले हातपात गरेको हाे । डिएसपी रुगम कुँवरको नेतृत्वमा रहेको प्रहरी टोलीले पत्रकार चापागाइँमाथि भिडियो खिचेको भन्दै हातपात गर्दा उनको कानमा चोट लागेको छ ।यद्यपि एसएसपी उत्तमराज सुवेदीले टिकट नपाएको भन्दै होहल्ला गर्ने भीडलाई हटाएको बताएका छन् ।

प्रकाशित मिति : December 10, 2019 at 1:18 pm