बालिकालाई बलात्कार गरेको आरोपमा महरा पक्राउ
२३ मंसिर, काठमाडाैँ । बिहेको आश्वासन दिइ १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आज सिरहा नगरपालिका– ६ का २८ वर्षीय दीपेन्द्र महरालाई पक्राउ गरेको छ ।

बालिकालाई ललाइफकाइ बिहेको आश्वासन दिएर राजविराज नगरपालिकास्थित दीपसाजन लजमा राखी कात्तिक २६ गते आरोपितले बलात्कार गरी फरार भएको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरीका आधारमा महरालाई पक्राउ गरेको र आवश्यक कानुनी कारवाहीका लागि उनलाई आज जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।
प्रकाशित मिति : December 9, 2019 at 7:42 pm










