२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

तनहुँको ब्यास नगरपालिका-१० का वडा सदस्यको बैठकमा बसेकै समयमा हृदयघातबाट मृत्यु

२३ मंसिर, तनहुँ । तनहुँको ब्यासनगरपालिका-१० का वडा सदस्य ५३ वर्षीय हेमराज पोख्रेलको आज हृदयघातका कारण मृत्यु भएको छ ।वडा कार्यालयको नियमित बैठक बसिरहेको अवस्थामा अचानक बेहोस भएका पोख्रेलको उपचारका लागि दमौली अस्पतालमा पुर्याउने वित्तिकै चिकित्सकले उहाँलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

फाइल तस्वीर

“बैठकको उपस्थितमा सबैले हस्ताक्षर गरिसकेपछि विषय वस्तुमा प्रवेश गर्ने तरखर हुँदै थियो”, ब्यासनगरपालिका—१० का वडाध्यक्ष तुलसीराम सापकोटाले भन्नुभयो, “कुर्चीमा बस्नु भएका पोख्रेल अकस्मात बेहोस हुनुभयो ।”“वडा सदस्य पोख्रेल शुरुदेखि नै प्रेसर र दमको समस्या रहेछ”, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : December 9, 2019 at 6:42 pm