२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

गेस्टहाउसमा लगेर ३ नेपाली बालिकामाथि यौनशोषण गर्ने अमेरिकी नागरिक पक्राउ

२३ मंसिर, काठमाडौँ । तीन बालिकालाई आर्थिक प्रलोभन देखाइ यौन शोषण गरेको अभियोगमा प्रहरीले एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४० वर्षीय अमेरिकी नागरिक जेसन लोयड मुडी रहेका छन् । उनले बालिकालाई आर्थिक प्रलोभन देखाउँदै एयरपोर्टस्थित मेमोरियल गेस्ट हाउसको कोठा नम्बर १०४ मा लगेर यौन दुर्व्यवहार गरेको सूचनाको आधारमा पुगेको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई आइतबार नियन्त्रणमा लिएर सोमबार सार्वजनिक गरेको हो ।


उनीमाथि जबरजस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको बताउँदै प्रहरीले आरोपी बालयौन दूराचारमा समेत संलग्न रहेकाले खुल्न आएको बताएको छ । प्रहरीले उनीबाट अन्य कोही पिडित भएको जानकारी भएमा उजुरी दिन समेत आह्वान गरेको छ।

प्रकाशित मिति : December 9, 2019 at 4:21 pm