२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

साग महिला फूटबलमा नेपाल भारतसँग पराजित भएपछि प्रशिक्षक खड्काले दिए राजीनामा

२३ मंसिर, काठमाडाैँ । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) महिला फूटबलमा नेपालले रजत पदकमा चित्त बुझाएको छ । पोखरामा सोमवार भएको फाइनल भिडन्तमा भारतसँग २–० ले पराजित भएपछि घरेलु टोली नेपालले रजत पदकमा चित्त बुझाएको हो ।

साग फूटबलमा नेपालले रजत पदकमा चित्त बुझाउनुपरेको यो तेस्रोपटक हो । भारत सधैँ नेपाली टोलीका लागि तगारो बन्ने गरेको छ ।पराजयसँगै नेपाली टोलीका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामाको घोषणा गरेका छन् । स्वर्ण जित्ने लक्ष्य राखेपनि असफल भएकाले नैतिकताकाे आधारमा राजीनामा दिने घोषणा उनले सञ्चारकर्मीमाझ गरेका हुन् ।

प्रकाशित मिति : December 9, 2019 at 4:11 pm