२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

काभ्रेपलाञ्चोकको दुई गाउँपालिका सचिवविहीन

–राजकुमार पराजुली

२३ मंसिर, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दुई गाउँपालिका वडा सचिवविहीन अवस्थामा रहेका छन् । तेमाल र महाभारत गाउँपालिकाको १७ वटै वडामा महिनौँदेखि सचिव नहुँदा कार्यसम्पादनमा निकै असहज भएको बताइएको छ । तेमाल गाउँपालिकामा नौ र महाभारत गाउँपालिकामा आठ वडा रहेका छन् । साविकका वडा सचिवहरु कर्मचारी समायोजनसँगै बढुवासहित अन्यत्र गएपछि दुई गाउँपालिका वडासचिवविहीन भएका हुन् । महाभारत गाउँपालिकाको कुनै पनि वडामा सचिव नभएको अध्यक्ष कान्छालाल जिम्वाले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँ–बस्तीमै पुगेका सेवा सुविधा दिलाउने कर्मचारी नहुँदा महिनौँदेखि निकै समस्या झेल्दै आएका छौँ ।”

वडा सचिव नहुँदा जन्म, मृत्यु, विवाह, बसाइँसराइ, नागरिकता सिफारिस, सामाजिक सुरक्षाभत्ता वितरणको काम प्रभावित भएको तेमाल गाउँपालिका–७ का वडाध्यक्ष ज्ञानबहादुर तामाङले बताउनुभयो । “सचिव नहुँदा पञ्जीकरणको काममा निकै समस्या भइरहेको छ”, उहाँले भन्नुभयो । गाउँपालिकाको प्रवक्तासमेत रहनुभएका तामाङका अनुसार गाउँपालिकाले सबै वडामा सचिवको पदपूर्तिका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई गत कात्तिक पहिलो साता पत्र पठाइएको, तर हालसम्म पदपूर्ति भएनन् ।

हाल १० वडा रहेको भुम्लु गाउँपालिकामा ४, १२ वडा रहेको रोशी गाउँपालिकामा ४ तथा बेथानचोक गाउँपालिकाको ६ मध्ये ३ वडामा मात्रै सचिव छन् । यस्तै, कोशीपारि क्षेत्रको चौँरीदेउराली गाउँपालिकाको ९ वडामध्ये दुई सचिव मात्रै रहेको र ७ वडा रहेको डाँडापारीस्थित खानीखोला गाउँपालिकाको एउटा वडामा सचिव छैनन् । खानीखोला गाउँपालिकामा भएका सचिव पनि नियमित वडामा नबस्दा जनप्रतिनिधिले निकै अपजस खेप्नुपरेको प्रवक्ता मानबहादुर गोलेले बताउनुभयो । काभ्रेपलाञ्चोकमा रहेका सात गाउँपालिकामा ६१ वडा

प्रकाशित मिति : December 9, 2019 at 10:26 am