सूचना आयोगको प्रमुख आयुक्तमा गुरुङ सिफारिस
२३ मंसिर, काठमाडौं । सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तको सिफारिस गरिएको छ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेको अध्यक्षतामा बसेको सिफारिस समिति बैठकले पदाधिकारी सिफारिस गरेको हो ।

समितिले प्रमुख आयुक्तमा पूर्वसचिव महेन्द्रमान गुरुङको नाम सिफारिस गरेको छ । यस्तै समितिले आयुक्तमा अधिवक्तासमेत रहेकी कमला वली थापा र रत्नप्रसाद मैनाली (दीपक) लाई सिफारिस गरेको छ । मैनाली पत्रकार हुन् ।
समिति अध्यक्ष तुम्बाहाङ्फेले आइतबार पदाधिकारी सिफारिस गरिएको बताएकी छन् । उनले सिफारिसअनुसार नियुक्तिको प्रक्रिया भने बाँकी रहेको जनाइन् । सिफारिस अनुसार आयोगका पदाधिकारी मन्त्रिपरिषदले नियुक्त गर्नेछ । अहिलेका पदाधिकारीको कार्यकाल पुस तेस्रो साता सकिँदै छ ।
प्रकाशित मिति : 06:05







