सहकारीमा बम विस्फोट गराएको आरोपमा विप्लव समूहका मेचीनगर इञ्चार्ज याम कुमार गिरी पक्राउ
२२ मंसिर, काठमाडौँ । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका झापा जिल्ला सदस्य एवम् मेचीनगर इञ्चार्ज याम कुमार गिरी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले गिरीलाई काठमाडौँको तीनकुनेबाट पक्राउ गरेको हो ।

पक्राउ परेका गिरीमाथि झापाको बिर्तामोडस्थित सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालयमा बम विस्फोट गराएको आरोप छ । पक्राउ परेका गिरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : December 8, 2019 at 2:48 pm









