१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

ट्रककाे ठक्करबाट स्कुले बालिकाकाे मृत्यु भएपछि काेहलपुर तनावग्रस्त

२२ मंसिर, कोहलपुर । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट स्कुले बालिकाको मृत्यु भएपछि स्थिति तनावग्रस्त भएको छ । आइतबार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल चोकमा ट्रककाे ठक्करबाट स्कुले बालिकाको मृत्यु भएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् ।  विद्यार्थीहरुले ट्रकमा आगजनी गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।


अहिले आक्रोशित समूह र प्रहरीबीच ढुंगा हानाहान भइरहेको छ भने दर्जनौं गाडीहरु बीच सडकमै रोकिएका छन् ।

प्रकाशित मिति : December 8, 2019 at 11:29 am