१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

इटहरीको सूर्य कम्प्लेक्समा आगलागी

२२ मंसिर, सुनसरी । सुनसरीको इटहरी चोकमा रहेको सूर्य कम्प्लेक्समा शनिबार मध्यरातमा आगलागी भएको छ । प्रहरी, स्थानीय बासिन्दा एवं ९ वटा दमकलको सहायतामा बिहान करिब ४ बजेतिर आगो नियन्त्रणमा आएको हो ।

पाँचतले कम्प्लेक्सको पाँचौं तलामा रहेको बिग बार रेस्टुरेन्टबाट सुरु भएको आगो अन्य पसलमा पनि फैलिएको थियो ।

आगो नियन्त्रणका लागि इटहरी, विराटनगर, धरान, इनरुवा, सुन्दरहरैचाका ९ वटा दमकल प्रयोग गरिएका थिए । क्षतिको पूर्ण विवरण भने अझै नआएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रतिकात्मक तस्बिर ।

प्रकाशित मिति : December 8, 2019 at 8:05 am