१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

८ एसपी तथा २१ डीएसपीको सरुवा, काे कहाँ (सुचिसहित)

२१ मंसिर, काठमाडौँ । नेपाल प्रहरीले ८ एसपी तथा २१ डिएसपीको काज सरुवा गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका रविकुमार पौडेललाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा र काभ्रेका जयराज सापकोटालाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा काज सरुवा गरिएको छ । यस्तै प्रहरी प्रधान कार्यालय कानुन शाखाका एसपी जनार्दन बीसीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जामा, स्याङ्जाका राजकुमार लम्साललाई जगेडापुल नक्सालमा सरुवा गरिएको छ ।


यसैगरी जिल्ला प्रहरी कार्यालय धादिङका राजकुमार बैदवारलाई महानगरीय ट्राफिक प्रहरी महाशाखामा तानिएको छ भने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका रविन्द्र रेग्मीको सरुवा जिल्ला प्रहरी कार्यालय धादिङमा भएको छ । सर्लाहीका गोपाल चन्द्र भट्टराईलाई प्रहरी प्रधान कार्यालयको कानुन शाखामा सरुवा गरिएकाे छ । सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयका विश्वमणि पोखरेललाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाइएको छ ।

यसैगरी डिएसपीतर्फ महानगरीय प्रहरी वृत्त बालाजुका बाल नरसिंह राणा, साईबर व्यूरो काठमाडौँका यादव ढकाल, थानकोटका कुमार विक्रम थापा, महानगरीय प्रहरी वृत्त महानगरीय प्रहरी परिसर भक्तपुरका रेवतीरमण पोखरेल, महानगरीय प्रहरी वृत्त सातदोबाटोका गौतम मिश्र र प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षका शरतकुमार थापा क्षेत्रीको पनि सरुवा भएको छ ।

हेर्नुहाेस् सुचिः

प्रकाशित मिति : December 7, 2019 at 11:18 am