९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026
http://kk5.io/NADA2026

‘ट्रम्पमाथि महाअभियोग लगाउने बाटो खुल्यो’

२० मंसिर, न्युयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने बाटो खुला गरिएको त्यहाँको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स (प्रतिनिधिसभा) की प्रवक्ता न्यान्सी पेलोसीले जनाएकी छन् । सत्ताको दुरुपयोग मामिलामा विवादित बनेका ट्रम्पका कारण लोकतन्त्र नै दाउमा परेको र कुनै विकल्प बाँकी नरहेको उनको दाबी छ ।

महाभियोग लगाउनेबारे प्रवक्ताको अभिव्यक्तिपछि लगातार ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले यो काम चाँडै सुरु गर्न आग्रह गरेका छन्, ताकि सिनेटले यसबारे निष्पक्ष अनुसन्धान गर्न सकोस् । क्यालिफोर्नियाबाट संसदमा प्रतिनिधित्व गर्ने प्रवक्ता न्यान्सीले बिहिबार आयोजित पत्रकार सम्मेलनमै राष्ट्रपछि ट्रम्पमाथि कटाक्ष गरिन् । उनले भनिन्, ‘आफ्नो राजनीतिक फाइदाका लागि राष्ट्रपति ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षाको मूल्यविरुद्ध काम गरेका छन्, आफ्नो राजनीतिक प्रतिद्वन्द्वीकाविरुद्ध जाँच गर्न उनले सैन्य मद्दतमा समेत रोक लगाए ।’ आफूहरु सिनेटमा हुने निष्पक्ष सुनुवाइका लागि तयार रहेको पनि न्यान्सीको भनाइ रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा आफ्ना सम्भावित प्रतिद्वन्द्वी जो बाईडनलाई विवादित बनाउन युक्रेनका राष्ट्रपति ब्लोदिमिर जेलेन्स्कीलाई दबाब दिएको आरोप ट्रम्पमाथि लागेको छ । –एजेन्सी

प्रकाशित मिति : December 6, 2019 at 8:07 am