१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

मालपोतकै मिलेमतोमा एउटाको जमिन कसरी भयो अर्कैको नाममा !

१९ मंसिर, कञ्चनपुर कञ्चनपुरको भूमि सुधार तथा मालपोत कार्यालयले एक महिलाको नाममा कीर्ते गरी साढे ५ कट्ठा जमिन बनाइदिएको छ । कार्यालयको तल्लोदेखि माथिल्लो तहसम्मको ‘च्यानल’ नै मिलेर एउटाको नाममा रहेको जमिन अर्को नाममा बनाइदिएको हो ।

कार्यालयका मालपोत अधिकृत अशोकसिंह भण्डारीले उक्त जग्गाको किर्ते कागजातमा हस्ताक्षर गरेको भेटिएको छ । भीमदत्त नगरपालिका ६ मा बस्ने करन चन्दको नाममा स्रेस्ता रहेको जमिनलाई अधिकृत भण्डारीलगायतको ‘च्यानलले’ भगतपुर बस्ने तुलसी दमाईको नाममा बनाइदिएको खबर नेपाल समाचारपत्रमा छ ।

स्रोतका अनुसार मालपोत कार्यालयको एक ‘च्यानल’ थुप्रै मान्छेका फर्जी तथा कीर्ते कागजात बनाउन र पैसा असुल्नमा संग्लन छ । यो कुरा स्रेस्तासहितको जमिन हुने र मालपोतले किर्ते कागज बनाइदिएको व्यक्तिलाई समेत थाहा छैन । मालपोतले जमिन किर्ते गरेको व्यक्ति तुलसी दमाईलाई समेत अदालतमा मुद्दा परेपछि मात्र घटना थाहा भएको हो ।

प्रतिकात्मक तस्बिर ।

प्रकाशित मिति : December 5, 2019 at 8:12 am