१२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026

बागलुङ पुगेर गोकर्ण विष्टले यसरी गरे जिप दुर्घटनाका घाइतेको उद्दार

१७ मंसिर, काठमाडौँ। नेपाल कम्युनष्टि पार्टी (नेकपा) का नेता एवं निवर्तमान श्रममन्त्री गोकर्ण विष्ट हेलिकोप्टरसहित बागलुङ पुगेर जिप दुर्घटनाका घाइतेको उद्दार गरेका छन् । नेकपाका नेता बिष्ट आफै दुर्घटनास्थलमा हेलिकोप्टर लिएरुपुगी घाइतेको उद्दार गरेका हुन् ।

  आफ्नो निर्वाचन क्षेत्रका नागरिक दुर्घटनामा परेपछि उद्दारा लागि नेपाली सेनाको हेलिकप्टर लिएर निवर्तमान मन्त्री विष्ट घटनास्थल पुगेका हुन्। गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसीखोला जाँदै गरेको जिप दुर्घटना हुँदा बिहान १४ जनाको मृत्यु भएको थियो । घाइते तीन जनाको उद्दारका लागि गुल्मी २ का सांसदसमेत रहेका निवर्तमानमन्त्री विष्ट बुर्तिबाङ पुगेका हुन् ।

विष्टकै पहलमा घाइतेलाई काठमाडौँ ल्याइएको छ । घाइतेको काठमाडौँमा रहेको त्रिभुवन विश्व विद्यालयको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार सुरु भएको छ ।

प्रकाशित मिति : December 3, 2019 at 9:05 pm