५ जिल्लाका सीडीओ हेरफेर, काे कहाँ ?
१७ मंसिर, काठमाडौँ । गृहमन्त्रालयले ५ जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट मंगलबार ५ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको हाे । चितवनका सीडीओ जितेन्द्र बस्नेत पर्सा सरुवा भएका छन् भने पर्साका सीडीओ नारायणप्रसाद भट्टराई चितवन सरूवा भएका छन् ।

भक्तपुरका सीडीओ नारायणप्रसाद भट्ट मकवानपुर सरुवा भएका छन् भने गृह मन्त्रालयककी सहसचिव हुमकला पाण्डे भक्तपुरको सीडीओमा सरुवा भएकी छन् । लमजुङका सीडीओ डा. डिजन भट्टराई अध्यागमन विभागमा र अध्यागमन विभागका लक्ष्मणबहादुर खड्का लमजुङको सीडीओमा सरुवा भएका छन् ।
प्रकाशित मिति : 17:30









