नेपालसँग मलेसियाले माग्यो औद्योगिक क्षेत्रदेखि सेक्युरिटी गार्डसम्मका लागि ३१ हजार बढी कामदार
१७ मंसिर, काठमाडाैँ । नेपालसँग मलेसियाले औद्योगिक क्षेत्रदेखि सेक्युरिटी गार्डसम्मका लागि ३१ हजारभन्दा बढी कामदारको माग गरेको छ । क्वालालुम्पुरस्थित नेपाली दूतावासले मङ्गलबार एक विज्ञप्ति जारी गरी ३१ हजार २ सय १ जना कामदारको मागसम्बन्धी पत्रको प्रमाणीकरण गरेको बताएको हो ।

बिगत लामो समयदेखि अवरुद्ध मलेसिया रोजगारीका लागि नेपालले गएको अक्टुबर महिनाबाट मागपत्र लिन थालेको थियो । पहिले मलेसियाको गृह मन्त्रालयबाट मागपत्र स्वीकृत भएपछि मात्रै नेपाली दूतावासमा पुग्ने भएकाले मलेसियाको गृह मन्त्रालयबाट स्वीकृत भएका ३१ हजार २ सय १ जना कामदारको माग प्रमाणीकरण गरी दूतावासले वैदेशिक रोजगार विभागमा पठाएको हो ।
मलेसियाले औद्योगिक क्षेत्रका लागि १७ हजार १ सय १६ जना, सेक्युरिटी गार्डसहितको सेवा क्षेत्रमा १० हजार १ सय ८३ जना, कृषिक्षेत्रमा १ हजार ४ सय ७५ जना, वृक्षारोपणका लागि १ हजार ३ सय ९७ जना र निर्माण क्षेत्रमा १ हजार ३० जना कामदारको माग गरेको हो ।


प्रकाशित मिति : December 3, 2019 at 4:16 pm









