१२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026

नयाँ पत्रिकालाई समाचारको तथ्यपरकता पुष्टि गर्न सञ्चारमन्त्री बाँस्कोटाको चुनौती

१७ मंसिर, काठमाडाैँ । नयाँ पत्रिकालाई समाचारको तथ्यपरकता पुष्टि गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले चुनौती दिएका छन् । मंगलबार बाँस्काेटाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘आज नयाँ पत्रिकामा प्रकाशित समाचारले नेपाली पत्रकारिताको विश्वशनियतालाई लिएर पुनः चिन्ता उत्पन्न गराएको छ । समाचारको तथ्यपरकता पुष्टि गर्न म सम्बन्धित सञ्चार गृहलाई चुनौती दिन्छु । साथै फेकन्युजकारिता नगरी तथ्यकारिता गर्न सुझाव पनि दिन्छु,’ ।

मंगलवार नयाँ पत्रिकाले ‘खेलकुदको बजेटमा मन्त्रीहरूलाई दौरा सुरुवाल’ शीर्षकको समाचार प्रकाशित गरेको थियो । साेही समाचारपछि सामाजिक सञ्जाल ट्वीटरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि आफ्नो नाम जोडेर आएको समाचारबाट अचम्मित भएको बताएका छन् । उनले लेखेका छन्, ‘१३औं सागको सन्दर्भमा मेरो नामसमेत जोडेर नयाँ पत्रिकामा प्रकाशित समाचारबाट अचम्मित भएको छु । त्यस्तो सुविधा दिने निर्णय भएको भए त्यससम्बन्धमा कुनै जानकारी समेत नभएको, कुनै सुविधा नलिएको र लिनु आवश्यक पनि नरहेको स्पष्ट पार्दै यस्ता भ्रामक समाचार प्रकाशित नगर्नुहुन अनुरोध गर्दछु,’ ज्ञवालीले ट्वीटमा लेखेका छन् ।

प्रकाशित मिति : December 3, 2019 at 2:12 pm