१२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026

कूल पूजाको लागि जाँदै गरेकाे जीप बागलुङको भीमगिठेमा दुर्घटना, १४ जनाको मृत्यु

१७ मंसिर, काठमाडाैँ । बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । कूल पूजाको लागि रिजर्भ गरेको जीप बडीगाड गाउँपालिका-७ भीमगिठेस्थित सडकबाट खोलामा खस्दा ९ महिला, ४ पुरूष र एक बच्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएकाे छ ।

दुर्घटनामा परि अन्य ३ जना गम्भीर घाइते भएका छन् भने एक जना खोलाले बगाएर बेपत्ता भएको प्रहरीले जनाएकाे छ । घाइतेलाई प्राथमिक उपचारका लागि उद्धार गरी बुर्तिबाङ लगिएकाे छ । १८ जना सवार जीप सडकबाट ५ सय मिटर तल खाेलामा खसेकाे छ ।

प्रकाशित मिति : December 3, 2019 at 11:25 am