१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

जनताको पक्षमा काम गर्छु : प्रदेश सदस्य विमला वली

१६ मंसिर, दाङ । दाङ क्षेत्र नं ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला खत्री (वली) आफू सधैँ जनताको पक्षमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाबाट आज विजयीको प्रमाणपत्र लिएपछि खत्रीले आफूलाई पश्चिमका जनताले अमूल्य मत प्रदान गरी विजयी बनाएकामा धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, “आफूलाई जनताले आफ्ना दिवंगत श्रीमान् उत्तरकुमार वलीको सपना पूरा गर्ने जिम्मेवारी सुम्पेका छन्, म जिम्मेवारीलाई पूरा गरेर छाड्नेछु ।

” उहाँले मतदानमा सहभागी मतदाता, सुरक्षामा खटिने सम्पूर्ण सुरक्षा निकाय, मतदान अधिकृत कार्यालयमा प्रमुख तथा प्रतिनिधि, सरकारका सबै तहका कर्मचारी, पार्टीका नेता तथा कार्यकर्ता, सञ्चारकर्मी तथा सबैलाई धन्यवाद दिनुभयो । सो अवसमा प्रजिअ गोविन्दप्रसाद रिजालले बधाई तथा सफलताको शुभकामना दिनुभयो ।

प्रकाशित मिति : December 2, 2019 at 12:48 pm