धरानकाे मेयर पदमा कांग्रेसका तिलक राई विजयी
१६ मंसिर, सुनसरी । धरानको प्रमुख पदमा नेपाली काङ्ग्रेसका तिलक राइ विजयी भएका छन् । २०४६ सालपछाडि भएका जस्तोसुकै चुनावमा बामपन्थीले जित्दै आएको धरानमा योपटक भने प्रमुख पदमा काङ्ग्रेसले ऐतिहासिक बाजी मारेको हो । मेयर पदमा निर्वाचित भएका तिलकले २६ हजार ७ सय ९ मत ल्याए भने नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत ल्याएका हुन्।

९२ हजार ८ सय ५३ मतदाता भएको धरानमा ५९.४९ प्रतिशत मत खसेको थियो । मेयरमा निर्वाचित तिलक राई २०७४ सालको चुनावमा एमालेका तारा सुब्बासँग ४ हजार ८ सय ७३ मतले पराजित भएका थिए । अघिल्लो चुनावमा १६ हजार १ सय २ मत पाएका तिलकले यो पटक भने बढी मत पाएका हुन् । मतगणना भएको सुरुवाती चरणमा मात्र झिनो मतले लिड गरेका प्रकाश राई त्यसपछि निरन्तर तिलक राईको पछि नै परेका थिए । साविक चुनावमा वामपन्थी समूहले जितेका ९ वटा वडामा कांग्रेसले बढी मत पाएको छ।
प्रकाशित मिति : 11:30









