धरान ७ को वडाध्यक्षमा १ मतले नेकपाका जीवन सुवेदी विजयी
१६ मंसिर, सुनसरी । धरान उपहानगरपालिका वडा नम्बर ७ को उपचुनावमा १ मतको अन्तरमा नेकपाका जीवन सुवेदी बिजयी भएका छन् ।
नेकपा उम्मेदवार सुवेदीले ६२२ मत ल्याएर वडाध्यक्षमा जित्दा नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार १०:५०