१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

उप-चुनाव : फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपा

१६ मंसिर, फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपा उम्मेदवार वीरबहादुर कुरुम्वाङ विजयी भएका छन् । उनले ५ हजार ३ सय ६९ मत पाउँदा निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका वृजहाङ आङदेम्बेले ४ हजार ५ सय ६३ मत पाएका छन् ।

२०७४ को चुनावमा कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधनपछि भएको उप-चुनावमा नेकपाले विजयी झन्डा गाडेको हो । उसो त फाल्गुनन्द गाउँपालिकालाई कांग्रेसको गढ मानिन्थ्यो ।

यस्तै समाजवादी पार्टीकी विमला आङदेम्बेले ३ सय २०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितेन चेम्जोङले २ सय ४० मत पाए । जसमध्ये १ सय ७९ मत बदर भएका थिए ।

प्रकाशित मिति : 08:02