१३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026

मेरो जित रवीन्द्रप्रतिको सम्मान होः नेतृ भट्टराई

१५ मंसिर, काठमाडौँ । कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईले आफ्नाे जित रवीन्द्रप्रतिको सम्मान भएकाे बताएकी छन् । शनिबार भएको उपनिर्वाचनको मतगणना विजयी भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भनिन्, यो जित कास्केली जनताको हो, रवीन्द्र अधिकारीप्रति सम्मान हो ।’ उनले जनताले दिएकाे अमुल्य मतकाे सहि सदुपयाेग गर्दै पूर्वाधार विकास र सामाजिक विकासका लागि सदा लागिपर्ने प्रतिवद्धता जनाएकी छन् ।

‘जनतासँग जसरी मत माग्न घरदैलो गएको थिएँ, आर्शिवाद पाएको थिएँ । अब फेरि जनतासामू जान्छु र आफ्नो प्रतिवद्धता व्यक्त गर्छु ।’ भट्टराईले भनिन् । पूर्वाधार विकास र सामाजिक विकासमा काम गर्ने आफ्नो प्रतिवद्धता भएको भन्दै उनले पोखरालाई पर्यटकीय राजधानी बनाउन भूमिका खेल्ने पनि बताएकी छिन् । निर्वाचन शान्पिूर्ण रुपमा सम्पन्न भएको भन्दै उनले सबै दललाई धन्यवाद दिइन् ।

गत फागुनमा कास्की २ बाट निर्वाचित रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । त्यसपछि रिक्त पदमा उनकी पत्नी भट्टराई विजयी भएकी हुन् ।

प्रकाशित मिति : 19:48