हुम्लाको खार्पुनाथको उपाध्यक्षमा नेकपाकी रुपा शाही विजयी
१५ मंसिर, काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की रुपा शाही विजयी भएकी छन् ।शाहीले नेपाली कांग्रेसकी तारा शाहीलाई ६९ मतान्तरले पराजित गरेकी हुन् । रुपाले एक हजार ४५४ मत ल्याइन् भने ताराले एक हजार ३८५ मत पाइन् ।

विजयी रुपा यसअघिको चुनावमा सोही पदमा पराजित भएकी थिइन् । उनलाई पराजित गरी विजयी भएकी सिन्धु शाहीको जीप दुर्घटनामा मृत्यु भएपछि उपचुनाव भएको हो ।
प्रकाशित मिति : 16:22









