६ कार्तिक २०८३, बिहिबार | Fri Oct 23 2026

हुम्लाको खार्पुनाथको उपाध्यक्षमा नेकपाकी रुपा शाही विजयी

१५ मंसिर, काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की रुपा शाही विजयी भएकी छन् ।शाहीले नेपाली कांग्रेसकी तारा शाहीलाई ६९ मतान्तरले पराजित गरेकी हुन् । रुपाले एक हजार ४५४ मत ल्याइन् भने ताराले एक हजार ३८५ मत पाइन् ।

विजयी रुपा यसअघिको चुनावमा सोही पदमा पराजित भएकी थिइन् । उनलाई पराजित गरी विजयी भएकी सिन्धु शाहीको जीप दुर्घटनामा मृत्यु भएपछि उपचुनाव भएको हो ।

प्रकाशित मिति : December 1, 2019 at 4:22 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/