दाङमा नेकपाकी विमला खत्रीकाे अग्रता कायमै
१५ मंसिर, दाङ । प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्रनम्बर ३ (ख) मा भएको उपनिर्वाचनकाे पछिलो मतगणनामा नेकपाकी उम्मेदवा विमला कुमारी खत्रीकाे अग्रता कायम रहेकाे छ । खत्रीलाई नेपाली कांग्रेस उम्मेदवार केशव राज शर्माले पछ्याइरहेका छन् । पछिल्लो मतगणना अनुसार नेकपाकी विमला कुमारी खत्रीले २७४३ मत ल्याएकी छन् भने नेपाली कांग्रेसका केशव राज शर्माले १९३३ मत ल्याएका छन् । यस्तै, राप्रपाका भुपाल रावतले २१ मत ल्याउँदा राप्रपा संयुक्तका छोटीलाल थारुले १० मत ल्याएका छन् ।

नेकपा मालेका हरि प्रसाद डांगीकाे ६ मत छ भने साझा पार्टीका शिव कुमार चौधरीले ७ मत पाका छन् । यस्तै, नेमकिपाका सुरेश परियारले ३ मत पाएका छन् ।
प्रकाशित मिति : 12:37









