३९ वडाको मतपरिणाम सार्वजनिक, नेकपा २२ र कांग्रेस ११ वडामा विजयी
१५ मंसिर, काठमाडौँ । शनिबार उपनिर्वाचन भएका मध्ये ३९ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । हालसम्म सार्वजनिक मत परिणाममा सत्तारूढ नेपाल कम्युिनिस्ट पार्टी (नेकपा)ले २२ वडामा जित हात परेको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन । उनले नेकपाले जितेका मध्ये ५ वडा गुमाएको र कांग्रेसले विगतमा जितेको ६ वटा वडामा नेकपाले विजय हात पारेको जानकारी दिए । उपनिर्वाचन भएका ४३ मध्ये ४ वडा अध्यक्षको मात्र परिणाम आउन बाँकी रहेको छ ।
उपप्रमुख थापाले सामाजिक सञ्जालमा छोटो टिप्पणी गर्दै ढंग नपुगेर वैतडी, दाङ, चितवन, सर्लाही र अर्घाखाँचीमा ५ वडा नेकपाले गुमाएको उल्लेख गरेका छन । उनले बाँके, अछाम, बाजुरा, सिन्धुपाल्चोक, सिरहा र फिदिममा पहिला नेपाली कांग्रेस विजयी भएको स्थानमा नेकपाका उम्मेदवार विजय भएको पनि बताएका छन ।

नेकपाले वडाहरूमा राम्रो नतिजा ल्याउँदा भक्तपुरको प्रदेशसभा भने गुमाएको छ। नेकपाको अन्तरकलह र विगतमा पार्टीकै उम्मेदवारको विरूद्धमा बागी उम्मेदवार दिनेलाइ उम्मेदवान बनाउँदा कांग्रेसलाइ प्रदेशसभामा चिठा परेको छ। हुनत उम्मेदवारी रद्ध भएपछि राप्रपाले आफ्नो सबै मत कांग्रेस उम्मेदवारलाइ दिने बताएको थियो । त्यसकारण पनि नेकपाले भक्तपुरको प्रदेशसभा गुमाएको छ ।
अर्को दाङको प्रदेशभामा नेकपाकी उम्मेदवार विमला ओली झण्डै दाेब्बर मतले अग्रता लिएकी छिन । यता एकमात्र प्रतिनिधिसभाको सिट कास्की दुइमा नेकपाकी विद्या भट्टराइले दोब्बरबढी मतले नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाइ पछि पारिरहेकी छिन । धरान उपमहानगर पालिकामा नेकपाले अग्रता लिएपनि नेपाली कांग्रेसका उम्मेदवारले कडा टक्कर दिइरहेका छन ।
प्रकाशित मिति : 12:13









