कास्की २ अपडेट : विद्या भट्टराई दोब्बर मतले अगाडि
१५ मंसिर, पाेखरा । कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा उम्मेदवार विद्या भट्टराई दोब्बर मतले अगाडि छिन् । उनले ८ हजार २६५ मत ल्याउँदा काँग्रेस उम्मेदवार खेमराज पौडेलले ३ हजार ६८२ मत ल्याएका छन् । दुईबीच ४ हजार ५ सय ८३ मतको अन्तर रहेको छ ।

यता, समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङले १७२ मत ल्याउँदा साझा पार्टीकी रजनी केसी ९० मतमा सिमित छिन् । राप्रपाका रोमबहादुर भण्डारीले १८६ मत ल्याएका छन् । हालसम्म १२ हजार ६ सय २६ मत गणना भएको थियो । मतगणना जारी छ ।
प्रकाशित मिति : 11:40









