१३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026

प्रदेशसभामा कांग्रेसको विजयी सुरूवात, भक्तपुर १ (क) मा कृष्णलाल भडेँल विजयी

१५ मंसिर, काठमाडाैँ । शनिबार सम्पन्न उपनिर्वाचनमा प्रदेशसभा तर्फ कांग्रेसले विजयी सुरूवात गरेको छ । योसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एउटा प्रदेशसभा गुमाएको छ । भक्तपुर प्रदेशसभामा यसअघिको जित नेकपाले कायम राख्न सकेन । भक्तपुरमा नेपाली कांग्रेसका उम्मेद्धार कृष्णलाल भँडेल विजयी भएका छन । आइतवार बिहान ११ बजे सम्पनन मतगणनामा भँडेलले १३ हजार ७४८ मत मत प्राप्त गर्दै विजय प्राप्त गरेका हुन ।

भडेँलको निकटतम प्रतिद्धन्द्धी नेकपा उम्मेद्धार देवी प्रसाद ढकाल (डिपी) ११ हजार २ सय १० मत प्राप्त गरेका छन् । त्यस्तै प्रतिद्धन्द्धी नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत प्राप्त गरेका छन् । यसअघिको निर्वाचनमा बागी भएर एक हजार मत कटाउन नसकेका ढकाललाइ नै लामो विवादपछि नेकपाले उम्मेदवार बनाएको थियो । भक्तपुर र चीतवनमा नेकपाको पराजयले पार्टीमा अान्तरिक शुद्धिकरण र सुदृढिकरणको बहस पेचिलो बन्ने देखिएको छ । यो उपनिर्वाचनको मुख्य सन्देश चितवन र भक्तपुरले दिएको छ ।

प्रकाशित मिति : 11:23