१३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026

नेकपाले एउटा प्रदेशसभा गुमायोः भक्तपुरमा नेपाली कांग्रेसका कृष्णलाल भडेँल बिजय नजिक

१५ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एउटा प्रदेशसभा गुमाउने निश्चितप्रायः भएको छ । भक्तपुर प्रदेशसभामा यसअघिको जित नेकपाले कायम राख्न नसक्ने भएको छ । भक्तपुरमा नेपाली कांग्रेसका उम्मेद्धार कृष्णलाल भँडेल बिजय नजिक पुगेका छन । आइतवार बिहान १० बजेसम्म गरिएको मतगणनामा भँडेलले १३०८३ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन ।

भडेँलको निकटतम प्रतिद्धन्द्धीको तयारीमा रहेका नेकपा उम्मेद्धार देवी प्रसाद ढकाल (डिपी) १०५७८ मत प्राप्त गरेका छन् । अब एक वडामा मात्र मतगणना बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसअघिको निर्वाचनमा बागी भएर एक हजार मत कटाउन नसकेका ढकाललाइ नै लामो विवादपछि नेकपाले उम्मेदवार बनाएको थियो ।

प्रकाशित मिति : 10:43