१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

इलाका प्रहरी कार्यालय लक्ष्मीपुरबाट ७ थुनुवा फरार

१५ मंसिर, सिरहा । सिरहाको इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीबाट शनिबार साँझ ७ थुनुवा फरार भएका छन् । विभिन्न मुद्दामा थुनुवाका रुपमा रहेका ११ जना साँझ साढे ६ बजेतिर फरार भएकामा ४ जनालाई तत्कालै प्रहरीले पक्राउ गरेको थियो ।

फरार सातैजनालाई खोजी तीव्र बनाइएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जनाएका छन् । ठूलो संख्यामा एकैपटक थुनुवाहरु फरार भएकाले घटनाबारे थप अनुसन्धान भइरहेको प्रजिअ अधिकारीको भनाइ छ ।

प्रकाशित मिति : December 1, 2019 at 7:39 am