१३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित सुधार, आइसीयूभित्रै सामान्य हिडडुल, ठोस खाना सुरू

१४ मंसिर, काठमाडौँ । एपेन्डिसाइटिसको शल्यक्रियापछि  महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यभा अपेक्षित सुधार आएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ओलीको स्वास्थयमा अपेक्षित गतिमै सुधार आएको जानकारी दिएका छन ।

फाइल तस्बीर ।

उनले शनिबार राति ट्वीट गर्दै भनेका छन ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षित गतिमै सुधार भएको छ । उहाँले आज ठोस खानेकुरा लिनुभएको छ । आइसीयूभित्रै सामान्य हिडडुल गर्नुभएको छ । आगन्तुकहरूको भेटघाट भने नियन्त्रित छ । कारण उहाँको सघन उपचार कछ्यामै उपचार जारी छ ।’ मंसिर १० गतेदेखि प्रधानमन्त्री ओली अस्पतालमा रहेका छन । प्रधानमन्त्री ओलीको ‘ल्यापारोटोमी एण्ड एपिन्डिकटोमी’ लगायत विधिबाट उपचार भैरहेको छ ।

प्रकाशित मिति : 21:51