धुलिखेल नगरपालिका २ पनि नेकपा विजयी, देवप्रसाद कोइराला बने वडा अध्यक्ष
१४ मंसिर, काठमाडाैँ । धुलिखेल नगरपालिका वडा नम्बर २ मा भएको उपनिर्वाचनको नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार नेकपाका उम्मेदवार देवप्रसाद कोइराला विजयी भएका छन । उनले ८६८ मत प्राप्त गर्दै विजय प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कोइरालाका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका दर्नबहादुर खत्रीले ५८२ मत प्राप्त गरेका छन । १५०२ मत खसेकोमा ३२ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : 21:35









