लम्जुङको सुन्दरबजारमा पनि नेकपा, नविनकुमार श्रेष्ठ दुई तिहाइ मतसहित विजयी
१४ मंसिर, काठमाडाैँ । शनिबार भएको उपनिर्वाचनको नतिजा अाउनेक्रम जारी रहेको छ । यहीक्रममा लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर २ को नतिजा पनि सार्वजनिक भएको छ । नतिजा अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार नविनकुमार श्रेष्ठ दुई तिहाइ मतसहित विजयी भएका छन । उनले ९९३ मत प्राप्त गरेका छन भने उनको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका प्रकाश सेढाइले ४८२ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : 21:14









