सल्यानको सिद्धकुमाख ५ मा नेकपाका उम्मेदवार धर्मे बुढाथोकी दुई तिहाइबढी मतसहित विजयी
१४ मंसिर, काठमाडाैँ । सल्यानको सिद्ध कुमाख गाउँपालिका वडा नम्वर ५ मा पनि दुई तिहाइबढी मतसहित नेकपाका उम्मेदवार विजयी भएका छन । शनिबार भएको मतदानमा नेकपाका उम्मेदवार धर्मे बुढाथोकीले दुई तिहाइबढी मत ल्याएका छन । बुढाथोकीले ७९२ मतसहित विजयी हात पारेका छन ।

उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका खड्ग बहादुर बोहराले २५१ मत प्राप्त गरेका छन । जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीका अनुसार १८३९ कुल मतदाता रहेको उक्त वडामा ११२४ मत खसेको थियो । खसेको मतमा ६० मत बदर भएको थियो ।
प्रकाशित मिति : 20:05









