१३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026

नेकपालाई अर्को सफलताः पुनर्वास नगरपालिका ३ को अध्यक्षमा कृष्णबहादुर तामाङ विजयी

१४ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपनिर्वाचनको मतपरिणाममा अर्को सफलता हात पारेको छ । कन्चनपुरको पुनर्वास नपा वडा न ३ को अध्यक्षमा नेकपाका कृष्ण बहादुर तामाङ भारी मतान्तरले विजयी भएका छन । उनले खसेको मतको ५० प्रतिशत भन्दा बढी मत प्राप्त गरेका छन ।

मतदान अधिकृत बिनोद कुमार कर्णका अनुसार ९२४ मत खसेकोमा विजयी तामाङले ५२८ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका दीपबहादुर तामाङले ३१० मत प्राप्त गरेका छन । कुल ११९९ मतदाता रहेका थिए ।  सोही मतदान केन्द्रमा खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले पनि मतदान गरेकी थिइन ।

प्रकाशित मिति : 19:25