उपनिर्वाचनमा नेकपाको विजयी सुरूवात, थवाङमा नेकपाका उम्मेदवार दुईतिहाइ मतले विजयी
१४ मंसिर, काठमाडाैँ । उपनिर्वाचनको नतिजामा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पहिलो विजय प्राप्त गरेको छ । रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ मा भएको निर्वाचनमा नेकपा भारी मतान्तरले विजयी भएको हो । नेकपाका वडा अध्यक्षका उम्मेदवार जनकबहादुर बुढामगरले १७४ मत प्राप्त गर्दै विजयी भएका छन ।

जम्मा २०९ मत खसेकोमा उनले १७४ मत प्राप्त गरेका हुन । प्रतिद्वन्दी नेपाली काँङ्ग्रेसका उम्मेदवार कमलबहादुर रोक्का मगरले २० मत प्राप्त गरेका छन । थवाङमा १२८४ मतदाता रहेका थिए ।निर्वाचन अायोगका अनुसार रोल्पाको थवाङमा १६ प्रतिशत मत खसेको छ भने ८४ प्रतिशतले मतदान गरेनन् ।
प्रकाशित मिति : 18:49









