नागरिक दैनिकका पत्रकार शिव सुवेदीविरूद्ध बलात्कारको अभियोगमा पक्राउ पुर्जी जारी
१४ मंसिर, वुटवल । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संस्था प्रेस संगठन नेपालका जिल्लास्तरीय नेता शिव सुवेदीविरूद्ध प्रहरीले बलात्कारको अभियोगमा पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीबाट अनुमति लिएर नागरिक दैनिकका संवाददाता सुवेदीविरूद्ध पक्राउ पुर्जी जारी गरेको रूपन्देहीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले दैनिकीलाइ जानकारी दिए ।

सुवेदीले बलात्कार गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेपछि पक्राउका लागि अदालतबाट अनुमति लिएको डिएसपी खत्रीले बताए । उनका अनुसार बिहीबार नै प्रहरीले सुवेदी पक्राउ गर्न अनुमति लिएको हो । प्रहरीले सुवेदीलाई पक्राउ गरेर जबरजस्ती करणीको अभियोगमा मुद्धा चलाउने जनाएको छ । अर्घाखाँजी स्थायी घर भएका सुवेदी केही समय वुटवलमै पनि बसेका थिए तर केही वर्ष पहिल्यदेखि उनले गुल्मीलाइ कर्मथलो बनाएका थिए । उनी तत्कालीन प्रेस चाैतारी नेपाल गुल्मीका अध्यक्ष समेत हुन । एकता पछि उनी प्रेस संगठनको अध्यक्ष बन्ने तयारीमा थिए ।
प्रकाशित मिति : November 30, 2019 at 7:50 pm





