अर्घाखाँचीमा उपनिर्वाचनः रूखमा मतदान गर्नेलाई चाउचाउ र बिस्कुट
१४ मंसिर, काठमाडौँ । अर्घाखाँचीको मालारानी गाउँपालिकाको वडा नम्बर ३ मा भैरहेको उपनिर्वाचनमा मतदातालाइ प्रभावित गर्ने काम भएको छ । ३ हजार ११ मतदाता रहेको मलारानी ३ मा मतदाता प्रभावित गर्ने काम भएको पर्यवक्षेक र पत्रकारले बताएका छन । मतदानस्थल वरपरको स्थलगत अनुगमनपछि पत्रकार बसन्त श्रेष्ठले नेपाली कांग्रेसका तर्फबाट मतदाता प्रभावित पार्ने काम भएको बताए ।

उनले कांग्रेसका नेता कार्यकर्ताले मतदातालाइ चाउचाउ र विस्कुट बाँडिरहेको बताएका छन । उनले दैनिकीसँग कुरा गर्दै उम्मेदवारको अनुरोधमा रूखमा मतदान गर्नेलाइ पसलबाट सिधै मतदातालाइ चाउचाउ र बिस्कुट बाँड्नेकाम भएको बताए । मलारानी ३ मा कांग्रेसबाट शोभाकर खनाल, नेकपाबाट यमलाल खनाल र राप्रपाबाट रणबहादुर खनाल उम्मेदवार रहेका छन । तत्कालीन वडा अध्यक्ष जीवन चौहानको मोटरसाइकल दुर्घटनामा परी निधन भएपछि सोही वडामा शनिबार मतदान भैरहेको छ । तस्बीरहरूः बसन्त श्रेष्ठ/पत्रकार


प्रकाशित मिति : 12:37









