१३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026

प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभेच्छा प्रकट गर्न मिल्ने, यसरी राख्न सकिन्छ आफ्नो विचार

१४ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभेच्छा प्रकट गर्न मिल्ने भएको छ । प्रधानमन्त्री ओलीको निजी पोर्टल केपी शर्मा ओली डट कम डट एनपीमा गएर प्रधानमन्त्रीलाइ शुभेच्छा प्रकट गर्न मिल्ने प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए । धेरैले प्रधानमन्त्रीलाइ भेटेरै स्वास्थ्यलाभको कामना गर्न चाहिरहेको सन्दर्भमा ओलीकै पोर्टलमा शुभेच्छा लिने व्यवस्था मिलाइएको रिमालले बताएका छन ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन ‘धेरै महानुभावहरुले सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्थाप्रति चासो राख्नु भएको छ, भेटेर शुभेच्छा व्यक्त गर्न चाहनु भएको छ । तसर्थ, शुभेच्छा प्रकट गर्न चहनेहरुले आफ्नो भावना kpsharmaoli.com.np मा पोस्ट गर्न सक्नुहुनेछ।’

यसरी दिनुस शुभेच्छा

इन्टनेट ब्राउजरमा गएर kpsharmaoli.com.np लेख्ने । त्यसपछि प्रधानमन्त्रीको वेवपेज खुल्छ । उक्त पेजको दायँभागमा शुभेच्छा भन्ने एउटा कोलम देखिन्छ । त्यसको बाँया भागमा पोस्ट भन्ने अस्पसन देखिन्छ । त्यसपछि त्यहाँ गएर तपाइले आफ्नो नाम, ठेगाना, आवद्ध संस्था, सम्पर्क नम्बर र आफ्नो सन्देश छाड्न सक्नुहुनेछ । त्यहाँ तपाइले छाडेको सन्देश प्रधानमन्त्रीको सचिवालयले प्राप्त गर्नेछ । सम्भवतरु प्रधानमन्त्री पूर्ण स्वस्थ भएपछि ती सन्देश पढ्न सक्नुहुनेछ ।

प्रकाशित मिति : 11:12