नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी लिए
१३ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यबारे जानकारी लिएका छन । शुक्रबार साँझ अस्पताल पुगेर अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र उपचारको बारेमा जानकरी लिएका हुन ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्ड स्वास्थ्यस्थिति बुझ्न मनमोहन कार्डियोथेरासिस एण्ड भास्कुलर सेन्टरमा प्रचण्ड पुगेको पुष्टि गरेका छन । उनले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले भेटेर स्वास्थ्य अवस्था बुझ्नुभएपछि आज प्रधानमन्त्रीलाई साँझ सात बजे प्रचण्डले भेटेको बताएका छन । अोली र प्रचण्डबीच केहीबेर कुराकानी समेत भएको सल्लाहकार थापाले जानकरी दिए ।
प्रकाशित मिति : 22:31









