नेकपा नुवाकोटको एकता टुंगियो, पत्रकारदेखि वकिलसम्मले पाए जिम्मेवारी (सूचीसहित)
-प्रतिमा ढुंगाना
१३ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोटले क्षेत्र, प्रदेश र गाउँ तथा नगर कमिटीको इन्चार्ज, सहइन्चार्ज, संयोजक र सचिवको टुंगो लगाएको छ । पटक पटक सर्दै शुक्रबार बसेको बैठकले क्षेत्र, प्रदेश र गाउँ तथा नगर कमिटीको इन्चार्ज, सहइन्चार्ज, संयोजक र सचिवको टुंगो लगाएको नेकपा नुवाकोटका नेता एवं प्रदेशसभाका संसद बद्री मैनालीले दैनिकीलाइ जानकारी दिए । उनले इन्चार्ज महेन्द्रबहादुर पाण्डेको उपस्थितिमा सर्वसम्मतिले सबैको जिम्मेवारी टुंगो लगाएको पनि जानकारी दिए ।
निर्णय अनुसार निर्वाचन क्षेत्र नम्बर १ को संयोजकमा पदम उप्रेती र सचिवमा राजन गौतमले जिम्मेवारी पाएका छन । सोही निर्वाचन क्षेत्रको प्रदेश १ मा बलराम आचार्य संयोजक र राजन श्रेष्ठ सचिवमा चयन भएका छन । त्यस्तै प्रदेशसभा २ मा सुभाष तामाङले संयोजकको जिम्मेवारी पाएका छन भने जितबहादुर घलेले सचिवको जिम्मेवारी पाएका छन ।

शिवपुरी गाउँपालिकाको इन्चार्जमा उज्जल खड्का र सहइन्चार्जमा गणेश उप्रेती चयन भएका छन । त्यस्तै अध्यक्षमा वीरबहादुर तामाङ सचिवमा दिनेश अधिकारी चयन भएका छन । पञ्चाकन्या गाउँपालिकाको इन्चार्जमा अर्जुन कार्की र सहइन्चार्जमा मणि लामिछाने चयन भएका छन । त्यस्तै अध्यक्षमा कुमार केसी र सचिवमा रामेश्वर सुवेदी चयन भएका छन । ककनी गाउँपालिकाको इन्चार्जमा जितबहादुर बलामी र सहइन्चार्जमा नेपाल बारका सचिव समेत रहेका उत्तम घिमिरे चयन भएका छन । त्यस्तै अध्यक्षमा रामहरि श्रेष्ठ र सचिवमा योगेन्द्र तामाङ चयन भएका छन ।
सूर्यगढी गाउँपालिकाको इन्चार्जमा इमानसिंह तामाङ र सहइन्चार्जमा धकुमार लामा चयन भएका छन । त्यस्तै अध्यक्षामा राजेन्द्र रिजाल र सचिवमा पुरूषोत्तम अधिकारी चयन भएका छन । लिखु गाउँपालिकाको इन्चार्जमा धर्मराज अधिकारी चयन भएका छन भने सहइन्चार्जमा प्रदीपकुमार पाठक चयन भएका छन । त्यस्तै अध्यक्षमा मेघनाराण श्रेष्ठ र सचिवमा विवेक ढकाल चयन भएका छन ।
तादी गाउँपालिकाको इन्चार्जमा प्रमोदलाल श्रेष्ठ र सहइन्चार्जमा विजय खनाल चयन भएका छन । त्यस्तै अध्यक्षमा शोभियतराज पाठक र सचिवमा रोशन श्रेष्ठ चयन भएका छन । दुप्चेश्वर गाउँपालिकाको इन्चार्जमा लालबहादुर तामाङ र सहइन्चार्जमा सुरज शेर्पा चयन भएका छन । त्यस्तै अध्यक्षमा युवराज तामाङ र सचिवमा शंकर थापा चयन भएका छन ।

यस्तै निर्वाचन क्षेत्र नम्बर २ को संयोजकमा राजकुमार रेग्मी र सचिवमा हरि अधिकारी चयन भएका छन । सोही क्षेत्रको प्रदेशसभा १ मा नविन पुडासैनी संयोजक र माधव पाण्डे सचिव भएका छन । यस्तै प्रदेशसभा २ को संयोजकमा गणेश श्रेष्ठ र सचिवमा सुभाष तामाङ चयन भएका छन ।
बेलकोटगढी नगरपालिकाको इन्चार्जमा सुदर्शन नेपाल र सहइन्चार्जमा शिवप्रसाद पौडेल चयन भएका छन । त्यस्तै अध्यक्षमा प्रेमबहादुर तामाङ सचिवमा नवराज तिवारी चयन भएका छन । विदुर नगरपालिकाको इन्चार्जमा रामचन्द्र पौडेल तथा सहइन्चार्जमा त्रिशुली प्रवाह साप्ताहिकका प्रकाशक समेत रहेका शरण उत्सुक सापकोटा चयन भएका छन । त्यस्तै अध्यक्षमा राजकुमार श्रेष्ठ र सचिवमा सुजन मगराती चयन भएका छन ।
तारकेश्वर गाउँपालिकामा राजेन्द्र न्यौपाने इन्चार्ज र चुडामणि गजुरेल सहइन्चार्ज भएका छन । त्यस्तै अध्यक्षमा केशव घिमिरे र सचिवमा सोमबहादुर तामाङ चयन भएका छन । म्यागाङ गापालिकाको इन्चार्जमा मेघनाथ तामाङ र सहइन्चार्जमा सुकबहादुर तामाङ चयन भएका छन । त्यस्तै अध्यक्षमा बुद्धिबहादुर तामाङ र सचिवमा सेलकर तामाङ चयन भएका छन । किस्पाङ गाउँपालिकाको इन्चार्जमा अर्जुन न्यौपाने र सहइन्चार्जमा श्रीमाया लामा चयन भएका छन । त्यस्तै अध्यक्षमा वीरबल तामाङ र सचिवमा नेत्रप्रसाद भट्ट चयन भएका छन ।
प्रकाशित मिति : 21:04









