२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

मेगा बैंक बन्यो ‘बैंक अफ दि इयर’


१३ मंसिर, काठमाडाैँ । मेगा बैंक नेपाल लिमिटेड सन् २०१९ का लागि ‘बैंक अफ दि इयर’ बन्न सफल भएको छ । बेलायतको लन्डनस्थित फाइनान्सियल टाइम्स्ले प्रकाशित गर्ने ९० वर्षभन्दा बढी इतिहास बोकेको विश्वविख्यात पत्रिका ‘दि बैंकर’ले सन् २०१९ का लागि अन्तर्राष्ट्रिय स्तरमै प्रतिष्ठित ‘बैंक अफ दि एयर २०१९, नेपाल’ बाट मेगा बैंकलाई सम्मान गरेको हो ।

लण्डनमा बिहीबार साँझ आयोजित एक समारोहका बीच मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले ‘बैंक अफ दि एयर, २०१९’ को सम्मान ग्रहण गरे । ‘दि बैंकर’ले विश्वभरका १२० भन्दा बढी राष्ट्रका १ हजारभन्दा बढी बैंकमध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंक छनोट गरी बैंक अफ दि इयर पुरस्कारबाट वर्षैपिच्छे सम्मानित गर्ने गरेको छ ।

 

सम्मान ग्रहण गरेपछि मेगा बैंकका अध्यक्ष शाहले अनवरत रूपमा ग्राहक वर्गलाई उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै थप हौसलाका साथ अघि बढ्न यो सम्मान मेगा बैंकका लागि महत्त्वपूर्ण कोशेढुंगाको रूपमा स्थापित भएको व्यहोरा व्यक्त गरे । अध्यक्ष शाहले मेगा बैंकको सफलता एवं उपलब्धीमा आफ्नो सहयोग, साथ तथा हौसलाद्वारा महत्त्वपूर्ण योगदान पुर्‍याउने ग्राहकवर्ग, शेयरधनी, कर्मचारी, नियामक निकायहरू, सञ्चार जगत लगायत शुभेच्छुकप्रति आभार र कृतज्ञता समेत व्यक्त गरे ।

यसैगरी, मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले नौ वर्षको छोटो सञ्चालन अवधिमै गुणस्तरीय बैंकिङ सेवा तथा सुविधा प्रदान गरेर प्रतिस्पर्धाको अग्रपङ्क्तिमा रहन सफल भएकै कारण मेगा बैंकले ‘बैंक अफ दि एयर, २०१९’ को उपाधि हासिल गरेको भन्दै आगामी दिनमा बैंकलाई थप सबल, समृद्ध एवं सक्षम बनाउन सबैको निरन्तर साथ र सहयोग रही रहने विश्वास प्रकट गर्दै आगामी दिनहरूमा समेत उत्कृष्ट सेवा प्रदान गर्न मेगा बैंक सदैब कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गरिन् ।

यसै साता मेगा बैंकले अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको गुणस्तरीय व्यवस्थापन प्रणाली अनुशरण गरेवापत ‘आईएसओ ९००१ः२०१५’ प्रमाणपत्र समेत प्राप्त गरेको थियो । तीव्रगतिका साथ ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकका १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउण्टर, ११२ वटा एटीएम मेसिन, ११९ वटा शाखारहित बैंकिङ केन्द्र तथा २,५०० भन्दा अधिक मेगा रेमिटका प्रतिनिधि रहेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार १५:५४