तत्कालीन नेकपा एमालेबाट निर्वाचित चैनपुर–२ का वडाध्यक्ष काजी शेर्पाको निधन
१३ मंसिर, संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका वडा नम्बर-२, का वडाध्यक्ष काजी शेर्पाको बिहीबार राति निधन भएको छ ।झण्डै ८ महिना अगाडिदेखि क्यान्सरका बिरामी रहेका वडाध्यक्ष शेर्पाको बिहीबार मध्य राति आफ्नै निवासमा मृत्यु भएको हो । २०२५ फागुन १३ गते चैनपुर-२, मयुममा जन्मिएका शेर्पा शिक्षक पेशाबाट अवकास लिएर गएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट विजयी भएका हुन् ।

वडाध्यक्ष शेर्पाको मयुममा शुक्रबार दिउँसो अन्त्येष्टि गरिने कार्यक्रम रहेको चैनपुर नगरपालिकाका मेयर भरत खत्रीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : November 29, 2019 at 2:31 pm









