१३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026

अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्न राष्ट्रपति भण्डारी जनकपुरमा

१३ मंसिर, जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर पुग्नु भएको छ । सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत शुक्रबार चौथो दिन तिलकोत्सव मनाईँदै छ । यसका लागि लागि अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरधाम पुगेकी छन् । राष्ट्रपति भण्डारीले आजै जानकी मन्दिरमा विशेष पूजासमेत गरेकी छन् । जानकी मन्दिरको पूजापछि भण्डारी प्रदेश सरकारले आयोजना गरेको दिवा भोजमा सहभागी भएकी छन् ।

विवाह महोत्सवअन्तर्गत जनकपुरको रंगभूमि मैदान बाह्र बिघामा तिलक समारोह आयोजना गरिएको छ । राष्ट्रपति भण्डारी समारोहमा सम्बोधन गर्ने कार्यक्रम छ । भण्डारीले रामजानकी विवाह महोत्सवमा भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्ने कार्यक्रम छ । जन्ती आज विहानै जनकपुर आईसकेका छन् । राष्ट्रपतिलाई जनकपुरका कलाकाहरुले जानकी लिला पनि देखाउने भएका छन् । राष्ट्रपति भण्डारीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री योगेश भट्टराई, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल पनि सहभागी भएका छन् ।

प्रकाशित मिति : 12:41