२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

ग्लोबल आइएमई बैंकको एटिएम सेवा बिराटनगर महानगरपालिका कार्यालय परिसरमा


१३ मंसिर, काठमाडाैँ । ग्लोबल आइएमई बैंकले बिराटनगर महानगरपालिका परिसरमा एटिएम सेवा सुरु गरेको छ । बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उक्त एटिएम सेवाको उद्घाटन गरेका छन् ।

कार्यक्रममा बिराटनगर महानगरपालिकाका उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी लगाएतको उपस्थिति रहेको थियो । बैंकले बिराटनगर महानगरपालिकामा आएका ग्राहकहरुलाई लक्षित गरि उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार ११:१४