१३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026

मन्त्रिपरिषद बैठकका २ वटा निर्णय सार्वजनिक

१२ मंसिर, काठमाडाैँ । मन्त्रिपरिषद बैठकका २ वटा निर्णय सार्वजनिक भएका छन् । बिहीबार सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गाेकुल बास्कोटाले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद बैठकले पछिल्लोपटक गरेका २ निर्णय सार्वजनिक गरेका हुन् ।

जसमा नेपाल भारत पारबहन सन्धि पुनरावलोकनसम्बन्धी सहससचवस्तरीय बैठकका लागि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा १० सदस्यीय वार्ता टोली गठन र भुमीसम्बनधी एकिकृत विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । निर्णय सार्वजनिक हुनु अगावै सन्धि पुनरावलोकनसम्बन्धी बैठक बसिसकेको छ ।

प्रकाशित मिति : 16:18