१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

टुटल, पठाओको सेवा अवरुद्ध हुँदैनः मन्त्री नेम्वाङ

११ मंसिर, काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले टुटल, पठाओलगायतका सेवालाई अहिले सञ्चालन भइरहेकै अवस्थामा चल्न दिन निर्देशन दिनुभएको छ । मन्त्री नेम्वाङले यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई लामो समयदेखि सञ्चालनमा रहेको सो सेवा अहिले रोक्नुका कारणबारे मौखिकरुपमा स्पष्टीकरण सोध्नुभएको मन्त्रालयले जनाएको छ ।

विभागले गत साता एक सूचना जारी गरी ‘निजी सवारी यातायत सेवाका लागि प्रयोग गर्न पाइने छैन’ भन्ने व्यवस्था यातायात व्यवस्था ऐन, २०४८ मा भएको उल्लेख गर्दै टुटल पठाओलगायतका सेवाप्रदायक संस्थालाई सेवा रोक्न भनेको थियो । मन्त्री नेम्वाङले विभागलाई कार्यविधि÷निर्देशिका बनाएर यी सेवा सञ्चालन गर्न दिन पनि निर्देशन दिनुभएको थियो । मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले भन्नुभयो, “ऐनमा आवश्यक संशोधन प्रक्रिया अघि बढाएर पनि सेवा सञ्चालन गर्न दिन मन्त्रीज्यूले निर्देशन दिनुभएको छ ।” गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा अवरुद्ध नगर्न निर्देशन दिनुभएको थियो ।

प्रकाशित मिति : November 27, 2019 at 8:00 pm