प्रधानमन्त्री ओलीकाे स्वास्थ्यमा उल्लेख्य सुधार, यस्ताे छ पछिल्लाे अपडेट
११ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्यमा उल्लेख्य सुधार भएकाे छ । बुधबार साँझ एक विज्ञप्ती जारी गर्दै अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी दिएका हुन । प्रधानमन्त्री ओलीको मंगलबार महाराजगञ्जस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न भएपछि स्वास्थ्यमा उल्लेख्य सुधार भएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारे चाैथाे विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको उल्लेख गरेका छन । प्रधानमन्त्री ओली स्वास्थ्यमा समस्या आएपछि मंगलबार बिहान सो सेन्टरमा जानुभएको थियो । विज्ञ टोलीले उहाँको स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिससहित पेटको सङ्क्रमण देखिएको थियो । उपचारमा प्रा डा अरुण सायमी, प्रा डा रमेशसिंह भण्डारी, डा दिव्या सिंहलगायतका टोली संलग्न रहेको सल्लाहकार थापाले बताए ।

प्रकाशित मिति : November 27, 2019 at 7:20 pm









